Samshodhana-Mandala
हाम्रो बारे
भारतबाट ज्यौतिष–गणितविषयमा उच्च शि¾ा हासिल गरी वि.सं. १९९५ मा काठमाडौँ फर्केर नयराज पन्त (वि.सं. १९७०–२०५९)ले संस्वृmतनिष्ठ पाठशाला (पछि संशोधन–मण्डल भनी प्रसिद्ध) खोल्नुभयो । त्यस पाठशालाका विद्यार्थीहरूलाई संस्वृmतभाषा, काव्य, कोष, व्याकरण, ज्यौतिषलगायत संस्वृmत वाङ्मयका विविध प¾को अध्यापनको साथै नेपालको इतिहासका मूलस्रोतको अध्यापन गराई अनुसन्धान गर्ने तालीम दिइयो । संशोधन–मण्डलका संस्थापक र यहाँ दी¾ितहरूले इतिहास, संस्वृmति, साहित्य, ज्यौतिष, गणितलगायत विषयमा थुप्रै अनुसन्धानमूलक ग्रन्थ र लेखहरू लेखेका छन् । इतिहासबारे प्रकाश पार्ने मूलस्रोत पहिचान गरी तिनलाई पर्गेल्ने, वेदाङ्गज्यौतिषसमेतको आधारमा तात्कालिक समयमा प्रचलित संवत्बारे छिनोफानो गर्ने, प्राचीन अभिलेखहरूमा वुmँदिएका लिपि उतारेर संस्वृmत वाङ्मयलगायत तात्कालिक सामग्रीको आलोकमा तिनको व्याख्या–विश्लेषण गर्ने र पहिल्यै प्रकाशमा आइसकेका सामग्रीको तथ्य जाँच्ने सवालमा संशोधन–मण्डलका संस्थापक र यसमा आबद्ध शोधार्थीहरूले बेग्लै छवि बनाएका छन् । साँच्चै भन्ने हो भने, नेपालको इतिहाससम्बन्धी जे जति तथ्य बाहिर आएका छन्, तीमध्ये सयकडा सत्तरीभन्दा बढी संशोधन–मण्डलकै प्रयासबाट प्रकाशमा आएका हुन् । यो वmुरा संशोधन–मण्डलले खोजी गर्न थाल्नुभन्दा अगाडिदेखिका, नेपालको इतिहासका पाठ्यपुस्तक र अहिले बजारमा चलेका पाठ्यपुस्तक दाँजेर हेर्दा मात्र पनि स्पष्ट हुन्छ । नेपालको इतिहासलेखनपरम्परामा संशोधन–मण्डल र यसमा आबद्ध शोधार्थीहरूको स्थान विशिष्ट छ भन्ने वmुरा नेपालभित्र र नेपालबाहिरबाट छापिने, नेपाली इतिहाससम्बन्धी लेखरचनामा संशोधन–मण्डलबाट प्रकाशित अथवा संशोधन–मण्डलमा आबद्ध विद्वान्हरूका लेखरचनाहरू प्रशस्तै उद्धरण गरिएको सन्दर्भबाट पनि सिद्ध हुन्छ ।
नेपालको इतिहासका प्रामाणिक स्रोतको सङ्कलन, सम्पादन, अनुवाद र प्रकाशन गर्ने काम प्रजातन्त्रोत्तर कालमा वि.सं. २००९ देखि संशोधन–मण्डलले शुरू गरेको हो । यस कामको लागि वmुनै बाहिरिया आर्थिक स्रोतको अपे¾ा नगरी यस संस्थाका सदस्यहरू आपैmँले खर्च हाली काम चलाई आइएको थियो र अलिकति आय, संशोधन–मण्डलका पुस्तक–पत्रिकाको बिक्रीबाट पनि हुन्थ्यो । यसरी वर्षौँ वर्षसम्म काम गर्दै जाँदा नेपाल सरकारको सुदृष्टि परेछ र सरकारले वि.सं. २०२१ देखि संशोधन–मण्डललाई एक हजार रुपैयाँको दरले अनियमित रूपमा सहायता दिन थालेको हो । यसको १६ वर्षपछि त्यही सहायता स्थायी रूपले आउन थाल्दा वि.सं. २०३७ देखि एक हजार रुपैयाँ वार्षिक रूपले हामीले पाउन थाल्यौँ । यसको २० वर्षपछि वि.सं. २०५७ देखि स्थायी रूपले वार्षिक एक लाख रुपैयाँ शि¾ामन्त्रालयबाट संशोधन–मण्डलले पाउँदै आएको थियो । वि.सं. २०७८–७९ को आर्थिक वर्षमा चाहिँ हामीले शि¾ामन्त्रालयबाट ५ लाख रुपैयाँ पायौँ । उता संस्वृmतिमन्त्रालयबाट त्यही आर्थिक वर्षमा ५० लाख रुपैयाँ पायौँ । यी रकमबाट संशोधन–मण्डलले आर्थिक अभावले गर्दा रोकेर राख्नुपरेका केही काम सम्पन्न गर्न सक्यौँ ।
संशोधन–मण्डलबाट दुइवटा इतिहासप्रधान जर्नल छापिँदै आएका थिए । पहिलो हो नेपाली भाषामा छापिने पूर्णिमा, अर्कोचाहिँ अङ्ग्रेजीमा छापिने आदर्श । अर्थ र जनशक्तिको अभावले गर्दा हामीले आदर्शका दुइवटाभन्दा बढी अङ्क प्रकाशित गर्न सकेका थिएनौँ । वि.सं. २०७९ साउन महीनादेखि एउटै अङ्कमा दुवै भाषाका लेख छाप्ने, विषयवस्तुअनुसार आवश्यक परेको खण्डमा संस्वृmतभाषाका लेख पनि समाविष्ट गर्ने उद्देश्यअनुसार पूर्णिमा पत्रिकाको प्रकाशन गरिन थालिएको छ ।
पुराना, पत्रपत्रमा लेखिएका, नसिई अलगअलग राखिएका लेखोट पुस्तक, ढुङ्गे छापाका पुस्तक र छापिएका पुस्तक गरी एक हजार जति पत्रे पुस्तकको सूची बनाउने काम सम्पन्न भएको छ । तिनको सुर¾ाको लागि नापोअनुसार वmुटको गाता र बासा तयार गरी ती पुस्तकलाई बेरेर राखी तिनलाई दराजमा राख्ने काम गरिएको छ ।
वर्षौं वर्षदेखि गर्दै आएको, अखबार र पत्रपत्रिकामा छापिएका नेपालसम्बन्धी खास गरी ऐतिहासिक तथा सांस्वृmतिक लेख र खबरको बिब्लियोग्राफी बनाउने काम साविकबमोजिम चलिरहेको छ ।
हामीकहाँ भएका गणित, सिद्धान्तज्यौतिष र फलित ज्यौतिषका पाँच सय जति पुस्तकको विस्तृत सूचीपत्र तयार गर्ने काम भइरहेको छ । त्यसको केही अंश वि.सं. २०८१ मा पूर्णिमा १४६ अङ्कमा प्रकाशित छ ।
संशोधन–मण्डलको पुस्तकालयमा खुद संशोधन–मण्डलको संग्रह, नयराज पन्त र उहाँका पुर्खाले सङ्ग्रह गर्नुभएका पुस्तकपात्रा (हाल लक्ष्मीपति–नयराजसंग्रह भनी नाम राखिएको) र महेशराज पन्तको निजी सङ्ग्रहका प्रकाशित र अप्रकाशित सामग्री तथा पुस्तकहरू राखिएका छन् । संशोधन–मण्डलको सङ्ग्रहमा रहेका अप्रकाशित लेखोट पुस्तक र सामग्रीमा संस्वृmतवाङ्मयका विविध विषयका खास गरी ज्यौतिषका लेखोट पुस्तक, अठाïौँ शताब्दीदेखिका लेखोट पञ्चाङ्ग, पुराना ऐतिहासिक पत्राचार, लालमोहर, रुक्का, खड्गनिशाना, राजाज्ञा, राजदरबारका खर्चलगायत सयौँ सामग्री पनि छन् । कति पुस्तकको त अर्को प्रति संसारमै दुर्लभ छ । नेपालका शिलापत्र–ताम्रपत्र आदिका छापा ९चगददष्लन०, मूल ताडपत्र, ताडपत्रका फोटो, पुरानो नक्शा आदि पनि छन् । अर्को थप, लिच्छविकालदेखिका टक, हस्तीहाडका खगोलसम्बन्धी यन्त्र छन् । यी सामग्रीले नेपालको इतिहासमा मात्र होइन, अखिल भारतवर्षको विद्यासम्बन्धी र बौद्धिक इतिहासमा पनि थप प्रकाश पार्न सक्छन् ।
यस्ता पुस्तक र दस्तावेजलाई आगलागी, भूकम्प आदि भवितव्यबाट ¾ति पुग्दा पनि पछिका पुस्ताको ज्ञानवृद्धिको लागि तिनलाई सुर¾ित राख्न तिनलाई डिजिटाइजेशनको काम अहिले भइरहेको छ । ती सामग्रीको तीन थरी स्वरूप अर्थात् व्एन्, त्क्ष्ँ, एम्ँ बनाई संर¾ण गरिएको छ । तिनमा पाठकको सहजै पहुँच होओस् भनी तिनलाई संशोधन–मण्डलको वेवसाइटमा छिटै राखिनेछ ।
डिजिटाइजेशनसम्बन्धी अहिलेसम्म सम्पन्न कामको विवरण यस प्रकारको छ—
लक्ष्मीपति–नयराजसङ्ग्रहमा रहेका लेखोट पुस्तकमध्येबाट
विषय पुस्तकसंख्या पत्रसंख्या
१. आयुर्वेद १ १
२. कर्मकाण्ड ३३ ५१०
३. काव्य ७४ १९२२
४. कोष ५ २००
५. छन्दःशास्त्र ७ ७१
६. ज्यौतिष ३४६ ८३६७
७. तन्त्र २२ ७४०
८. दर्शन २७ ८१०
९. धर्मशास्त्र ३६ २५६३
१०. नीति ५ ४१
११. पुराणेतिहास ३६ १६५८
१२. वेद २२ ८२५
१३. व्याकरण ४७ १४६६
१४. स्तोत्र ३५ ११३
नेपाली भाषाको पुस्तक १ ३
जम्मा पुस्तक ६९७ जम्मा पन्ना १९२९०
लक्ष्मीपति–नयराजसंग्रहमा रहेका दस्तावेजमध्येबाट
दस्तावेजसंख्या पत्रसंख्या
१५० १०५
संशोधन–मण्डलमा रहेका दस्तावेजमध्येबाट
दस्तावेजसंख्या पत्रसंख्या
३०४ १६७०
डिजिटाइजेशनको यति कामबाट लक्ष्मीपति–नयराजसंग्रहमा रहेका लेखोट पुस्तकको कामको सयकडा ४० र दस्तावेजहरूको सयकडा ३५ तथा संशोधन–मण्डलको संग्रहमा रहेका दस्तावेजको सयकडा ५० काम सम्पन्न भएको छ । महेशराज पन्त र दिनेशराज पन्तको संग्रहको डिजिटाइजेशन त शुरू भएकै छैन ।
झण्डै सय वर्षको इतिहास बोकेको, यस संशोधन–मण्डलबाट गरिँदै आएको अन्वेषण र प्रकाशन आदि काम चिरकालसम्म चलाउनको लागि अ¾यकोषको स्थापनाको आवश्यकता महसूस भइरहेको छ ।